ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न

maitrinews

काठमाडौँ । राजधानीको तिन्कुनेमा रहेको ट्रिटन इन्टरनेशनल कलेजको दोस्रो ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न भएको छ ।
जस अन्तर्गत डान्स, गायन र हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जस अनुसार गायनतर्फ सञ्जीव श्रेष्ठ प्रथम , सरोज तामाङ्ग द्वितीय र अर्मन चौधरी तृतीय भएका छन् ।
हाजिरजवाफ तर्फ रोशन बिष्ट प्रथम, राजबाबु चौधरी द्वितीय, र शिशिर दाहाल तृतिय भएका छन् । त्यसै गरी डान्स बिद्यातर्फ श्रृजना श्रेष्ठ प्रथम, श्रृष्टी खड्का द्वितीय र सुनिल सिंह तृतीय भएका छन् ।

बिजेताहरुलाई शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले एक समारोहकाबिच सम्मान गर्नुभयो । त्यसरी नै ट्रिटन ट्यालेन्ट हन्ट २०७४ को दोस्रो संकायका बिजेताले कलेजमा निशुल्क छात्रवृत्ति पुरस्कार तथा प्रमाण पत्र पाएका छन् ।
स्मरण रहोस ट्रिटन कलेजले गतबर्ष देखि यस ट्रिटन ट्यालेन्ट हन्ट को आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिदैं विद्यार्थी र उपस्थित सबैलाई मनोरञ्जन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कलेजका प्राचार्य प्रा. डा. बिहारी बिनोद पोखरेल, अध्यक्ष विश्वनाथ प्रसाद शाह, सह प्राचार्य श्रीकृष्ण बिष्ट लगायतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।