बैंक अफ काठमाण्डू र एनएलजी इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

 

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनी बिच सम्झौतापत्रमा यही बुधवार हस्ताक्षर भएको छ । यस सेवा अन्र्तगत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निर्जीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।