वाइवाइ सिटी भारतमा फैंलिदै

 

काठमाडौं । भारतीय बजारमा नेपाली ब्राण्ड वाइवाइ चाउचाउको तिब्र विस्तारसँगै नयाँ अवधारणासहित कार्यान्वयनमा ल्याइएको नूडल्स बार ‘वाइवाइ सिटी’लोकप्रिय बनेको छ । क्विक सर्भिस रेष्टुरेन्टको अवधारणामा संचालनमा ल्याइएको वाइवाइ सिटीमा वाइवाइ चाउचाउबाट बनाइएका विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध छन् ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्विट गर्दैभारतको अर्को शहर बंैगलोरमा वाइवाइ सिटी विस्तार भएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ ।वाइवाइकापारखीहरूसँग सोसल मिडियामा अन्तत्र्रिmयागर्दै उहाँले भारतकामुख्यशहरहरुमावाइवाइ सिटीको प्रतिक्षा लामो नरहने जानकारी पनि दिनु भएको छ ।
‘हामीले दक्षिण एसियालीबजारमा नूडल्स बारको नयाँअवधारणा कार्यान्वयनमाल्याएकाहौँ जसलाई भारतीयउपभोक्ताले निकै रुचाएका छन्’, चौधरी ग्रुपकाकार्यकारी निर्देशक बरुण चौधरीले भने, ‘जसकाकारण वाइवाइ सिटीको तिब्र विस्तार गर्न हामीदवावमा रहेका छौँ ।’
केही समयअघि भारतको राजधानीनयाँदिल्लीमावाइवाइ सिटीको उद्घाटन गरिएको थियो । दिल्लीकाउपभोक्ताहरुले वाइवाइ चाउचाउबाट बनेका परिकारप्रति देखाएको रुचिसँगै यसको विस्तार शुरु भएको हो । हालवाइवाइ सिटी भारतकोनयाँदिल्ली,नोयडा, पुने र बंगलोर गरि चार शहरमाविस्तार भईसकेको छ ।
वाइवाइ सिटी भारतकाप्रमुखशहरहरुमातिब्र गतिमाविस्तार हुने जानकारी कार्यकारी निर्देशक बरुण चौधरीले दिनुभयो । ‘हामी सन् २०१७मा एकसयवटा वाइवाइ सिटी स्थापनागर्ने हतारोमा छौँ’, चौधरीले भन्नुभयो, ‘भारतका सबै ठूला शहरहरुमापहिलो चरणमा वाइवाइ सिटी स्थापनागर्ने हाम्रो लक्ष्यहो ।’
वाइवाइ सिटीमा नूडल्ससँग सम्वन्धितकरिब दुई दर्जन परिकारहरुको स्वाद उपभोक्ताहरुले लिनपाएका छन् । अनुसन्धानकाआधारमानयाँ परिकारहरु थपिदै जानेछन् ।
नेपाली ब्राण्ड वाइवाइअहिले भारतीय नूडल्स बजारमातिब्र गतिमा फैलिइरहेको छ । हालभारतीय नूडल्स बजारमावाइवाइको हिस्सा करिब ३० प्रतिशतपुगेको छ । ‘भारतीय नूडल्स बजारमाशसक्त ब्राण्ड बन्ने हाम्रो रणनीति सफलभएको छ । अबहामीवाइवाइलाई अर्को चरणमा पु¥याउने तयारीमा छौँ’, अध्यक्षचौधरीले भन्नुभयो, ‘नेपालमाजन्मिएका ब्राण्डहरू पनिविश्वब्यापीप्रतिस्पर्धामाअब्बल सावितहुन सम्भव छ भन्ने वाइवाइले प्रमाणित गरेको छ । यो हामी सबै नेपालीकालागि गौरवको बिषय हो ।’