आईकाओको कालोसूचीबाट हट्यो नेपाली वायुसेवा,ईयूको प्रतिबन्ध पनि हट्ने

 

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ ले नेपाली वायुसेवालाई करिब चार वर्षदेखि राखेको गम्भीर सुरक्षा चासोको सूचीबाट हटाएको छ।
नागरिक उड्डयन हेर्ने अन्तर्राष्ट्रिय संस्थाले असारमा गरेको सुरक्षा परीक्षणमा नेपालले आधारभूत विश्वव्यापी स्तर पार गरेपछि सूचीबाट हटाइएको बताइएको छ।
आइकाओको परीक्षणको नतिजाको आधारमा नेपालले युरोपेली संघ इयु ले लगाउँदै आएको प्रतिबन्ध हटाउन पनि पहल गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए।
आइकाओले सन् २००९ मा पहिलो पटक नेपाली वायुसेवा सुरक्षा परीक्षण गरेको थियो।
लगत्तै युरोपेली युनियनले नेपाली विमानसेवालाई उसको कालोसूचीमा राख्यो।
नेपाली अधिकारीहरुले उक्त सूचीबाट हटाउन लगाउने प्रयास गर्दै आएका थिए।
सोही क्रममा गत महिना आइकाओका दुई प्रतिनिधिले नेपाल आएर गरेको परीक्षणको आधारमा नेपालालाई गम्भीर सुरक्षा चासोको सूचीबाट हटाइएको प्राधिकरणले जनाएको छ।
नेपाल नागरिक उड्डय प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने, ूबिहीवार बसेको आइकाओको गम्भीर सुरक्षा चासो हेर्ने कमिटिको बैठकले नेपाललाई यो सूचीबाट हटाउने निर्णय गर्यो। सोही बमोजिम आइकाओको वेबसाइटबाट नेपालको नामसँगै रखिएको गम्भीर सुरक्षा चासोको झण्डा हटाइसकिएको छ।