मिसेस् नेवाको उपाधि रजिना शाक्यलाई

 

काठमाडौँ । नेवा समाजको इतिहासमा पहिलो पल्ट आयोजित मिसेस् नेवा ः २०१७ को उपाधि ललितपुरकी रेजिना शाक्यले जित्नु भएको छ । नेवा समुदायका विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य, बौद्धिकता,प्रतिभा र सांस्कृतिक सचेतनाका लागि गरिएको यो सुन्दरी प्रतियोगिताको फस्ट रनरअप काठमाडौँकी गृष्मा तुलाधर र सेकेन्ड रनरअप सरिता नेम्कुल प्रधान बन्नुभएको छ ।


१४ जना नेवा सुन्दरीहरुबीच गराइएको प्रतियोगिताको बेस्ट पर्सनालिटीमा नानीछोरी महर्जन, बेस्ट स्माइलमा शीला पुजारी, बेस्ट नेपाल भाषामा गंगा महर्जन, बेस्ट फोटोजेनिकमा रमिता बज्राचार्य, बेस्ट ट्यालेन्टमा सम्झना थुसा, पिपुल्स च्वाइसमा सरिता महर्जन, बेस्ट क्याटवाकमा एलिजा शाक्य, कल्चरल एम्वासडरमा मुदिता तुलाधार, बेस्ट हेयरमा सरिता नेम्कुल अबाले, आइकनिक आईमा श्रद्धा महर्जन र बेस्ट फ्रेन्डसिपमा चन्दा श्रेष्ठ चयन हुनुभएको छ ।


केटीएम मिडिया एन्ड इभेन्ट्सद्वारा आयोजित सो प्रतियोगिताको निर्णायक मण्डलमा प्रा.डा. अन्जान शाक्य,डा. चुण्डा बज्राचार्य, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन,फिल्म डाइरेक्टर प्रदिप खड्गी, नेवा बस्ती स्कुलका अभियन्ता दीपक तुलाधर, युवा पत्रकार दर्शन शाक्य र घरेलु तथा साना उद्योगका पूर्वअध्यक्ष सुरेश प्रधान रहनुभएको थियो ।


कार्यक्रमको कोरियोग्राफी तथा आयोजना रेणुका बज्राचार्यले गर्नुभएको थियो ।
बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा चार सयभन्दा बढी नेवा समुदायको सहभागिता रहेको थियो ।