सैनिकले गरे सहकर्मीको हत्या
पोखरा । पोखरामा नेपाली सेनाकै ब्यारेकभित्र एक सैनिकले सहकर्मीको गोली हानी हत्या गरेका छन् । सिद्धिबक्स गणका सैनिक बसन्त लोहारले प्युठ पदमा कार्यरत गणेश विष्टको हत्या गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए।
आज विहान ५ बजेतिर सुतिरहेका विष्टमाथि लोहारले सात राउण्ड गोली हानेको उनले बताए। आफैँले बोकेको एम सिक्टीन हतियारबाट विष्टलाई गोली हान्दा सबै गोली छातीमा लागेको छ।आपसी विवादका कारण लोहारले विष्टमाथि गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। सेनाले लोहारलाई नियन्त्रणमा लिएको छ। यस्तो प्रकारको घटनामा सेनाले आफैँ मुद्दा चलाउँछ।