मेक्सिकोमा शक्तिशाली भूकम्प, २५० भन्दा बढीको मृत्यु, हजारौँ घर क्षतिग्रस्त

 

मेक्सिकोे । मेक्सिकोमा ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा २५० भन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । भूकम्पले हजारौँ घर
भत्काएको छ । कम्तीमा एउटा विद्यालय पनि भत्केको र त्यसमा बालबालिका फँसेको खबर छ।मोरेलोस र पोएब्ला राज्यमा पनि ठूलो क्षति भएको बताइएको छ।
भूकम्प ३२ वर्ष अगाडि विनाशकारी भूकम्प आएकै दिन अर्थात सेप्टेम्बर १९ का दिन आएको छ।
३२ वर्ष अघि आएको भूकम्पमा दश हजार जति मानिस मारिएका थिए।
राजधानीको दक्षिणतिर स्थित मोरेलोस राज्यमा कम्तीमा ५५ जना मारिएका र पोएब्ला राज्यमा ३२ जना मारिएका बताइएको छ।राजधानीका बीस लाख जति मानिसहरुकहाँ बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ।अधिकारीहरुले ग्यासलाइनहरु फुटेको हुनसक्ने भन्दै सडकमा चुरोट नखान सचेत गराएका छन्।मेक्सिको सिटी संसारमै सबभन्दा संघन जनसंख्या भएको शहर हो जहाँ दुई करोड मानिस बसोबास गर्छन्।