एमाले नेता राईको गाडीमा बम र गोली प्रहार, एक प्रहरी घाइते,सरकारले सुरक्षा नदिएकोमा एमाले अध्यक्ष ओलीको कडा आपत्ति
भोजपुर । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेकपा एमाले नेता शेरधन राईको गाडीमाथि बम र गोली प्रहार भएको छ । भोजपुर सदरमुकामदेखि टेम्केमैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा बिहान १० बजे टेम्केमैयुँ गाउँपालिका ६ गुम्बामा राई सवार बा १५ च ५६०८ नम्बरको वनटेन गाडीमा बम प्रहार भएको हो । तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले राईको गाडीमाथि बम र गोली प्रहार गरेको शेरधन राइले बताउनुभयो ।
बमबाट राईको सुरक्षामा खटिएका असई डिल्लीबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको र गाडीको अगाडीको भाग क्षति भएको छ ।
आक्रमणपछि रार्इका सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाले पनि २१ राउण्ड जवाफी फायर गरेको र राई, उहाँको साथमा रहेका कार्यकर्ता सकुशल रहेका छन् ।
भोजपुर क्षेत्र नं २ का वाम गठबन्धनका उम्मेदवार राईले निर्वाचनमा आफूले जित्ने निश्चित भएको र यसलाई रोक्नका लागि प्रतिद्वन्द्वीहरुले ज्यान मार्ने षडयन्त्र गरेको आरोप लगाउनुभयो । सरकार सुरक्षामा संवेदनशील नभएको राईले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रहरी निरीक्षक गितनारायण चौधरीले आक्रमण गर्ने समूहको पह्चिान नभएको र प्रहरीको टोली घटनास्थल खटाइएको बताउनुभयो ।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले सो घटनाको भत्र्सना गर्दै सरकारले सत्ताधारीहरुलाईमात्र सुरक्षा दिएको र विपक्षी उम्मेदवारहरुमाथि एक पछि अर्को आक्रमण हुँदा पनि कुनै चासो नदेखाएको बताउनुभएको छ । उहाँले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, भोजपुर–१ को ट्याम्केमैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउ“मा निर्वाचन प्रचारको क्रममा हाम्रा पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि आज बिहान भएको साङ्घातिक आक्रमणलाई हाम्रो पार्टीले गम्भीरतापूवर्क लिएको छ ।
निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं । यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भा“ड्ने र मुलुकमा भा“डभैलो मच्चाइरहने स्पष्ट हुन्छ । हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत गराउ“छौं । हामी हाम्रा उमेदवार कमरेड शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा गर्दछौं ।
पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ । हामी यस्ता खालका घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग गर्दछौं । र, घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न आग्रह गर्दछौं ।