नबिल बैंकको ३४औं बार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता
काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं बार्षिकोत्सवको अवसर पारेर विभिन्न सामाजिक तथा आन्तरीक कृयाकलापहरु आयोजना गरी मनाउने क्रममा उपत्यकामा कार्यरत कर्मचारीहरु विच धन्यनतरी फुटसल मैदानमा बैंकका विभिन्न विभाग तथा शाखाहरु विच फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा दुईवटा महिला टिम लगायत १८ वटा टिमहरुको सहभागिता भएको थियो । बंैैकका उच्च व्यवस्थापकहरु विचको मैत्रिपुर्ण खेलबाट कार्यक्रमको उद्घाटन नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालद्वारा बल हस्तान्तरण गरि शुभारम्भ भएको थियोे ।
फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष पौड्यालद्धारा मेडल सहित पुरस्कारहरु वितरण गर्नु भएको थियो । उक्त प्रतियोगितामा उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । बैंकको बार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना भएकोमा अध्यक्ष पौड्यालले खुशी व्यक्त गरे ।