अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यू बुसको निधन

Maitrinews

 

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यू बुसको निधन भएको छ । अमेरिकाको ४१ औं राष्ट्रपति बुशको पूरा नाम जर्ज हर्बट वाकर बुश हो । बुशको जन्म सन् १९२४ जुन १२ मा भएको थियो । उनी अमेरिकी सेनेटरका छोरा थिए ।
सन् १९४२ मा बुश १८ वर्षको उमेरमा जलसेनामा आबद्ध भएका थिए । यो दोस्रो विश्वयुद्धको कुरा हो । साथै उनी सेनाको विमानको पाइलट पनि बनेका थिए । सन् १९४४ मा उनको विमानलाई जापानी सेनाले गोलीले हानेर खसालेका थिए । उनलाई भने समुद्रबाट उद्धार गरिएको थियो ।