सिंहको आक्रमणबाट अमेरिकामा २२ वर्षिया महिलाको मृत्यु
न्युयोर्क । नर्थ क्यारोलिनास्थित एक पसु केन्द्रबाट फुत्किएको सिंहले २२ वर्षिया महिलालाई आक्रमण गरेको छ । सिंहको आक्रमणमा परेकी ती महिलाको मृत्यु भएको छ । नर्थ क्यारोलिनास्थित क्यासल काउन्टीको बर्लिङटनमा संचालित नर्थ क्यारोलिना कन्जर्भेटर्स सेन्टरमा कार्यरत अलेक्जेन्ड्रा ब्ल्याकलाई सोही केन्द्रमा पालेर राखिएको सिंहले आक्रमण गरेको हो । डिसेम्बर ३० तारिकका दिन सिंहले ती महिलालाई अक्रमण गरेको हो ।
ईन्डियाना युनिभर्सिटीबाट भर्खरै मात्र ग्राजुएट अलेक्जेन्ड्रा ब्ल्याक इन्टर्न्सिपको लागि केन्द्रमा काम गर्न थालेकी थिइन् । उनले सो केन्द्रमा काम गर्न थालेको १० दिन मात्र भएको समाचार एजेन्सीहरुले जनाएका छन् । जनावर राखिएको केन्द्रको निर्देशन अनुसार केही अन्य कामदारको समूहमा मिलेर ब्ल्याक पनि सफाई गर्दै थिईन ।अचानक म्याथी नाम गरेको सिंह बन्द गरिएको ठाउँबाट फुत्किएर काम गर्दै गरेको समूहमा पुगेको थियो । त्यसरी फुत्केको सिंहले ब्ल्याकमाथि आक्रमण गरेको अमेरिकास्थित बिभिन्न समाचार माध्यमहरुले प्रहरीको हवला दिदैँ समाचार सम्प्रेषण गरेका छन् । ब्ल्याकलाई आक्रमण गरेको केही समयमा नै म्याथीलाई गोली हानी मारिएको थियो। केन्द्रकी कार्यकारी निर्देशक मिन्डि स्टिनरले बताए अनुसार मृतक ब्ल्याक प्राणी शास्त्रमा सौखिन थिईन् । उनी जीवनभर तिनै जनावरहरुको वरिपरी बिताउन चहान्थिन् ।
घटनास्थल रेलिगदेखि ५० माईल्स उत्तर पश्चिममा अवस्थित छ ।
केन्द्रमा २१ प्रकारका ८० जनावर पालिएको छ । जसमध्ये १५ वटा त सिंह नै छन् । उचित स्याहार नपुगेका बिभिन्न ठाउँबाट उद्धार गरेर ल्याईएको जनावरहरुलाई उक्त केन्द्रमा पालिएको छ । घटनापछि केन्द्रले अपुरणीय मानवीय क्षति भएको भन्दै अर्को सूचना जारी नभए सम्मक लागि केन्द्र बन्द रहने जनाएको छ ।