अभिषेकको प्रपोजले लजाएकी ऐश्वर्या

Maitrinews

 

मुम्बई : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चनको बिहे भएको ११ वर्ष पुगिसकेको छ। उनीहरूबीच सन् २००७ मा फिल्म सुटिङकै क्रममा प्रेम बसेको थियो। यसैबीच बिहे भएको लामो समयपछि ऐश्वर्याले प्रेमबारे खुलासा गरेकी छन्।

ऐश्वर्याले भनेकी छन्, ‘अभिषेकले मलाई फिल्म ‘गुरु’को सुटिङका क्रममा प्रपोज गर्नुभएको थियो।’ प्रेम प्रस्ताव आएपछि ऐश्वर्या लजाउँदै केही समय भावनामा डुबेकी थिइन्। उनको मनमा यो कुरा साँचो हो वा होइन भन्ने खेलेको थियो। अभिषेकले घुँडा टेकेर प्रेम प्रस्ताव राखेपछि ऐश्वर्याले केही समयपछि ‘यस’ भनेकी थिइन्। यो सबै हेरिरहेका अर्का अभिनेता ऋतिक रोशनले ‘थम्प्स अफ’ गरेका थिए।

त्यसपछि सुटिङ हुँदा होस् या सुटिङबाहिर, ऐश्वर्या अभिषेकलाई हेरेर एकोहोरिन्थिन्। फिल्म निर्देशक आशुतोषले समेत उनको अवस्था देखेर उनलाई प्रेमको गहिराइमा डुबिसकेको भन्दै जिस्क्याउँथे। सन् २०१० पछि फिल्म ‘रावण’मा एकसाथ देखिएको यो जोडी आठ वर्षपछि फेरि उनीहरू फिल्म ‘गुलाब जामुन’मा सँगै देखिने भएका छन्।