म्यान्चेस्टर सिटीको नौ गोल, जिसस एक्लैले चार

maitrinews

 

काठमाडौं । इंगलिश लिग कप वा काराबाओ कप वा इएफएल फुटबल भनिने प्रतियोगिताको सेमिफाइनलमा म्यान्चेस्टर सिटीले एकतर्फी गोलको वर्षा गरेको छ । सिटीले सेमिफाइनलको पहिलो लेगमा बुर्टन आल्बियनलाई ९–० गोल अन्तरले हरायो ।
घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमा चार तथा दोस्रो हाफमा थप पाँच गोल गरेको हो । गाब्रिएल जिसस एक्लैले चार गोल गरे ।