अल्जेरियाका राष्ट्रपति बूतेफ्लीकाद्वारा राजीनामा

maitrinews

 

अल्जेरिया । अल्जेरियाका राष्ट्रपति अब्दुलअजीज बूतेफ्लीकाले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनीविरुद्ध थुप्रै हप्तादेखि देशभरी व्यापक प्रदर्शन भइरहेको थियो ।

२० वर्षदेखि सत्तामा आसिन बूतेफ्लीकाले यसपटकको चुनाव नलड्ने घोषणा गर्दै अप्रिल २८ मा आफ्नो कार्यकाल समाप्त भएपछि पद छोड्ने घोषणा गरिसकेका थिए ।

यद्यपि, प्रदर्शन गरिरहेकाहरुले पद छोड्ने बचन पर्याप्त नभएको भन्दै तुरुन्त पदबाट हट्नुपर्ने माग गरेका थिए ।

अल्जेरियाको शक्तिशाली सेनाले ८२ वर्षे बूतेफ्लीकालई देशको सत्ता सम्हाल्नका लागि अयोग्य घोषित गर्दै उनलाई राजिनामा दिन भनेको थियो ।

प्रदर्शनकारीले देशको राजनीतिक ढाँचामा मूलभूत परिवर्तनको माग गरेका छन् ।

अल्जेरियाको सत्तामा सेनाले महत्वपूर्ण भूमिका निभाउँछ । अब यसमा पनि परिवर्तनमा माग गरिँदै छ ।

सत्ताधारी नेशनल लिबरेशन फ्रन्टले सुधारको मुद्दामा राष्ट्रिय सम्मेलन बोलाउने निर्णय गरेका छन् ।

यसअघि बूतेफ्लीकाले आफ्नो उम्मेद्वारी रद्द गर्दै यो महिना हुने चुनाव रद्द गरेका थिए ।