इरानी सेनालाई अमेरिकाले गर्‍यो आतङ्कवादी सङ्गठन घोषणा

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको सेना रेभलुशनरी गार्ड कोर (आईआरजीसी)लाई विदेशी आतङ्कवादी सङ्गठन घोषित गरेका छन्।

अमेरिकाले अर्को देशको सेनालाई आतङ्कवादी सङ्गठन घोषणा गरेको यो पहिलो पटक हो।

ह्वाइट हाउसले आईआरजीसीको मुख्य उद्देश्य विश्वव्यापी आतङ्कवादी अभियानलाई लागु गर्नु रहेको दाबी गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सेनालाई आतङ्कवादी सङ्गठन घोषणा गरेर त्यसको प्रत्युत्तर दिएको छ।

केही महिनाअघि ट्रम्पले इरानसँगको परमाणुसम्झौता भङ्ग गरेपछि वाशिङ्टन र तेहरानबीच तनाव बढेको छ ।