खाली पोखरी होइन माछासहितको पोखरी देखाउने योजनासहित हामी अघि बढेका छौँ

Mohan Bastola

प्राडा पुष्पराज कँडेल
उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

केही दिन अघि मात्रै राष्ट्रिय विकास परिषद्को बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नै अध्यक्ष रहेको बैठकले आगामी पाँच वर्षका लागि तयार पारेको १५ औँ पञ्चवर्षीय योजनाको अवधारणपत्र सुझावसहित पारित गरेको छ । यिनै विषयमा केन्द्रित भएर कँडेलसँग मोहन बास्तोलाले गरेको कुराकानीः

१५ औँ पञ्चवर्षीय अवधारणापत्रलाई राष्ट्रिय विकास परिषद् बैठकले पारित गर्यो । यो अवधारणापत्रका बारेमा के भन्नुहुन्छ ?

यो धेरै खुशीको कुरा हो । दुई दिनसम्म राजधानीमा चलेको राष्ट्रिय विकास परिषद्को बैठले हामीले करीब आठ महिना लगाएर तयार पारेको डकुमेण्टलाई सुझावसहित पारित गरेको छ । बैठकमा तीन सय पचास बढी सरोकारवाला व्यक्तिहरुले सुझाव दिनुभएको छ । त्यसले गर्दा यो थप बलियो भएको हामीले महशुस गरेका छौँ । त्यसलाई प्रधानमन्त्रीलगायत सम्पूर्णमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्षहरु, सरोकारवालाहरु उपस्थित भएर, हार्दिकतापूर्वक स्वीकार गरेर मार्गनिर्देशन पनि दिनुभएको छ । त्यसले म थप उत्साहित भएको छु ।

भनेपछि अबधारणापत्रमा सकारात्मक खालकै सुझाव आए होइन त ?

निश्चय पनि धेरै सरारात्मक सुझाव आएका छन् । कतिपय कुरा त त्यहि डकुमेण्ट भित्र रहेका कुराहरुमा पनि आएका छन् । तर, ती सबै सुझावलाई हामीले नकरात्मक रुपमा लिएका छैनैँ । त्यसले झन् हाम्रो त्यो डकुमेण्ट बलियो भएको महसुश हामीले गरेका छौँ । कतिपय सन्दर्भमा बुझाईको कमजोरीले पनि समस्या भएको छ । समावेश गर्ने सन्दर्भमा पनि कतै तलमाथि भएको छ । ती सुझाव पनि आएका छन् । कतिपय परस्पर विरोधी खालका सुझाव पनि आएका छन् । परस्पर विरोधी सुझावलाई पनि हामीले एक पटक हेरेर अध्ययन गरेर के गर्दा हुने रहेछ सकेसम्म मिलाएर समावेश गर्ने प्रयास गर्छौ र समाधानको बाटो खोज्छौँ ।

भनेपछि सबैका आवाजलाई समेटेर बलियो डकुमेण्टसहित १५ औँ पञ्चवर्षीय योजना आउने भयो ?

हो, मैले अघि पनि भने । सुझाव विभिन्न खालका आएका छन् । सुझावकै क्रममा समाजवाद भनियो समाजवादको परिभाषा के–हो ? समाजवाद उन्मुख भनेका छौँ, त्यो भनेको के–हो ? संवृद्धि भनेका छौँ त्यो भनेको के–हो ? यी कुरा पनि परिभाषित हुनु परो भनेर सुझाव आएका छन् । त्यसैगरी आर्थिक वृद्धिदर महत्वकांक्षी भयो । एकातिर तिमीहरु देशमै रोजगारी सिर्जना गर्ने भन्छौँ । फेरि रेमिट्यान्सको आन्दामि देखइरहेका छौँ । यो पनि परस्पर विरोधी भयो भन्ने जस्ता सुझाव पनि आएका छन् । हामी ती सबै कुरालाई हेरेर उपयुक्त ढंगले समाधान गर्ने प्रयास गर्ने छौँ ।

जहाँसम्म दोहोरो अंकको आर्थिक वृद्धिदर भन्ने कुरा छ । यो केही चुनौतिपूर्ण पनि छ । हामीले यो आकांक्षा राख्दै गर्दा आफ्नो र विभिन्न देशको पनि परिस्थितिलाई हेरेका छौँ । त्यसैले हामीले गर्नै सक्दैनौँ कि भनेर आपत नै मान्नु पर्ने अवस्था पनि छैन । त्यसका लागि हामी सबैले सम्वन्वय गरेर सबैले एउटै आवाज एउटै लक्ष्यसहित अघि बढ्नुपर्छ । त्यो सम्भव छ । १५ औँ पञ्चवर्षीय योजनाको सुरु आर्थिक वृद्धिदर ९ दशमल ६ प्रतिशत हो । अन्तिममा १० दशमलव ३ प्रतिशतसम्म पुग्ने भनेको हो । अहिलेकै हिसाव गर्ने हो भने हामी करीब ७ दशमलव ७ प्रतिशतको हाराहारीमा छौँ । त्यसैले यो अलिकती बढाउने कुरा असम्भव नै हो भनेर भन्ने अवस्था छैन । हामीले यी चालु अवस्थामा रहेका ठूला–ठूला परियोजना सम्पन्न गर्न सक्ने हो भने त्यसले अर्थतन्त्रको आकारलाई निश्चित रुपमै बढाउँछ र हामीले सजिलै त्यो लक्ष्य भेट्न सक्छौँ । अर्थतन्त्र बढ्नु भनेको नै आर्थिक वृद्धिदर बढ्नु हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चार वर्षभित्रमा दोहोरो अंकको आर्थिक वृद्धिदर हाँसिल सजिलै गर्न सकिन्छ भन्नु भएको छ । अवधारणापत्रमा पनि त्यहि उल्लेख गर्नुभएको छ । तर, केहीले अलिक बढी महत्वकांक्षी भयो पनि भनेका छन् नि ?

महत्वकांक्षी त छ नै, महत्वकांक्षी नभई प्रगति गर्न सकिन्छ । हामीले थाहा पाएर जानेर नै महत्वकांक्षी बनाएका हौँ । व्यक्तिगत जीवनको कुरा गर्ने हो भने पनि जसले बढी आकांक्षा राख्छ उसले नै बढी प्रगति गर्छ । त्यसैले हामीले यो केही महत्वकांक्षी राखेका छौँ, यो सत्य हो । तर, यो सम्भव नै नहुने चिज पनि होइन ।

जहाँसम्म दोहोरो अंकको आर्थिक वृद्धिदर भन्ने कुरा छ । यो केही चुनौतिपूर्ण पनि छ । हामीले यो आकांक्षा राख्दै गर्दा आफ्नो र विभिन्न देशको पनि परिस्थितिलाई हेरेका छौँ । त्यसैले हामीले गर्नै सक्दैनौँ कि भनेर आपत नै मान्नु पर्ने अवस्था पनि छैन । त्यसका लागि हामी सबैले सम्वन्वय गरेर सबैले एउटै आवाज एउटै लक्ष्यसहित अघि बढ्नुपर्छ । त्यो सम्भव छ । १५ औँ पञ्चवर्षीय योजनाको सुरु आर्थिक वृद्धिदर ९ दशमल ६ प्रतिशत हो । अन्तिममा १० दशमलव ३ प्रतिशतसम्म पुग्ने भनेको हो । अहिलेकै हिसाव गर्ने हो भने हामी करीब ७ दशमलव ७ प्रतिशतको हाराहारीमा छौँ । त्यसैले यो अलिकती बढाउने कुरा असम्भव नै हो भनेर भन्ने अवस्था छैन । हामीले यी चालु अवस्थामा रहेका ठूला–ठूला परियोजना सम्पन्न गर्न सक्ने हो भने त्यसले अर्थतन्त्रको आकारलाई निश्चित रुपमै बढाउँछ र हामीले सजिलै त्यो लक्ष्य भेट्न सक्छौँ । अर्थतन्त्र बढ्नु भनेको नै आर्थिक वृद्धिदर बढ्नु हो ।

गरिबी घटाउने, वेरोजगार दर घटाउने जस्ता कुरालाई पनि यो पञ्चवर्षीय योजनामा समावेश गरिएको छ । त्यो कत्तिको सम्भव छ ?

हो, हामीले गरिबी घटाउने, वेरोजगार दर घटाउने जस्ता लक्ष्य लिएका छौँ । गरिबी पछिल्लो तथ्याङ्क अनुसार १८ दशमलब ७ प्रतिशत भनिएको छ । त्यसलाई घटाएर कम्तीमा १३–१४ मा ल्याउने भनेका छौँ । त्यो हामी योजना अनुसार नै अघि बढेका छौँ । जहासम्म वेरोजगारी दर घटाउने भन्ने कुरा छ त्यसमा पनि हामी सचेत ढंगले नै अघि बढेका छौँ । वेरोगारी दर घटाउने भनेको रोजगारीको अवसर सिर्जना गर्ने भनेको हो । अहिले स्थायी सरकार छ । यहाँ लगानीकर्ताहरु पनि उत्साहित भएको हामीले पाएका छौँ । त्यो भनेको उहाँहरु लगानीका लागि वातावरण बन्दै गएको छ भन्नेमा हुनुहुन्छ । लगानीको वातावरण बन्दै जाने हो भने रोजगारीको वसर पनि सिर्जन हुँदै जान्छ र वेरोजगारी दर पनि स्वतः घट्दै जान्छ भन्नेमा हमी आशावादी छौँ । हामी अहिले नयाँ काम सिर्जना गर्नुपर्छ भनेर लागेका छौँ । नयाँ कामको सिर्जना गर्नु भनेको पनि रोजगारीको अवसर सिर्जना गर्नु नै हो । श्रम मन्त्रालयले पनि केही योजना अघि बढाएको छ । त्योसँगै हामीले विकासको गतिलाई पनि अघि बढाउनु जरुरी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अहिले दुईतिहाई नजिसकको सरकार रहेको भन्दै अब जनताको समृद्धिको सपना पूरा हुने दाबी गर्दै आउनु भएको छ । परिषद् बैठकमा पनि उहाँले ‘अहिलेसम्म नेपाली जनताले खाली पोखरी मात्रै देखे । अब यो सरकारले माछा सहितको पोखरी देखाउँछौँ’ भनेर आशावादी कुरा गर्नुभयो । यो सम्भव छ ?

हामीले समृद्धिका लक्ष्यहरु नै डकुमेण्टमा समावेश गरेका छौँ । हामीले खुशी नेपाली समृद्ध नेपालको अभियानलाई पनि समावेश गरेका छौँ । त्यहाँ खुशी भनेको के ? खुशी भनेको के ? यी सबै कुरालाई समावेश गरेका छौँ । सुखी र न्याय अन्तरसम्वन्धित छन् । जहाँ न्याय हुन्छ त्यहाँका जनता सुखी र खुशी हुन्छन् । हामीले परिकल्पना गरेको खुशी नेपाली समृद्ध नेपालकै अवधारणमा १५ औँ पञ्चवर्षीय योजना ल्याएका छौँ । समाजवादमा जानका लागि हामीले सबै भन्दा पहिला समृद्धिलाई ध्यान दिनुपर्छ । हामी यो कुरामा सचेत छौँ ।