कश्मीरमा मोदीले मध्यस्थता खोजेको ट्रम्पको भनाइ

maitrinews

 

अमेरिका । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको ह्वाइट हाउस भ्रणमका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि जारी कश्मीरको द्वन्द्व समाधानका लागि मध्यस्थता गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई आग्रह गरेको बताएका छन्।

तर उनको उक्त भनाइलाई दिल्लीले तत्कालै खण्डन गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हालै भएको कुराकानीलाई स्मरण गर्दै उनले लामो समयदेखि भारत र पाकिस्तानबीचको विवाद कायम रहेको देखेर आफूलाई आश्चर्य लागेको बताए।

उनले भने, ूयदि म सहयोग गर्न सक्छु भने म मध्यस्थकर्ता बन्न मन पराउँछु। यदि तपाईंहरू मलाई मध्यस्थता गरोस् भन्ने चाहनुहुन्छ भने म मध्यस्थता गर्न तयार छु ।
भारतको विदेश मन्त्रालयले चाहिँ यस्तो कुनै पनि अनुरोध नगरिएको बताएको छ।

उसले भारतले पाकिस्तानसँगका मुद्दाहरूलाई द्विपक्षीय रूपमा मात्र छलफल गर्ने निरन्तर अडान राख्दै आएको स्पष्ट गरेको छ।