पाकिस्तानी सेनाको गोलीबाट गोरखा सैनिकको मृत्यु

 

कश्मीर । कश्मीरको रजौरी जिल्लाअन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा राइफल्सका राजीव थापाको मृत्यु भएको छ । सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो ।

शनिबार विमानमार्फत बाघडुग्रा ल्याइ थापाको अन्तिम संस्कार गरिएको छ । अंग्रेज सहिद मेजर दुर्गा मल्ल्लाई फाँसी दिएको अगस्ट २५ लाई भारतीय नेपालीभाषीले बलिदानी दिवसका रुपमा मनाउने गर्छन् ।

तर यसपालि अगस्ट २५ भने दार्जलिङ वरिपरिका नेपाली समूदायका लाथि थप पिडादायी बनेको छ।