बेलायतमाबिनासहमतिको ब्रेक्जिट रोक्न सक्ने विधेयक पारित, निर्वाचन गर्ने प्रस्ताव अस्वीकृत

 

लण्डन । ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन्।
बुधवार हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा आवश्यक दुईतिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएका हुन्।

पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो। सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो।

प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए।
त्यसैगरी संसद्ले बिनासहमतिको ब्रेक्जिट रोक्न सक्ने विधेयक पारित गरेको छ ।

बुधबार भएको ब्रेक्जिटलाई लिएर भएको निर्वाचनमा जोन्सनको पक्षमा ३०१ र विपक्षमा ३२८ सांसद् उभिएका थिए । योसँगै जोन्सनले संसद्मा आफ्नो बहुमतसमेत गुमाएका थिए ।

ब्रेक्जिट प्रस्ताव र आफ्नो बहुमतमा लागेको धक्काबाट बिचलित जोन्सनले आउँदो अक्टुबर १५ मा आमनिर्वाचन गर्ने प्रस्ताव संसद्मा लगेका थिए । तर, ब्रेक्जिट डिलमा जस्तै यसमा पनि उनले सांसद्हरूको साथ पाएनन् ।

बीबीसीका अनुसार, प्रस्ताव पारितका लागि दुई तिहाइ अर्थात् ४३४ मत आवश्यक रहेकोमा उनले मात्रै २९८ मत पाएका छन् ।

यसैबीच, सांसदहरूले संसदमा प्रस्तुत गरेको सहमतिबिनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित भएको छ । हाउस अफ कमन्समा बुधवार भएको मतदानमा ३२७ सांसदले पक्षमा मतदान गर्दै विधेयक पारित गरेका हुन् । बीबीसीका अनुसार, यो प्रस्तावको विपक्षमा २९९ सय मत परेको थियो ।

यसबाट रुष्ट बनेका जोन्सनले त्यसलाई आत्मसमर्पण गराउने विधेयकको संज्ञा दिएका छन् ।