बाँझोपनको उपचार गरेको वर्षौँपछि भारतमा ७३ वर्षीया वृद्धाले जन्माइन् जुम्ल्याहा बच्चा
भारत । भारतको आन्ध्र प्रदेश राज्यमा एक ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन्। एरामती मङ्गायम्माको गर्भबाट बुधवार बिहान साढे १० बजे शल्यक्रिया गरेर जुम्ल्याहाको निकालिएको हो।
उनको शल्यक्रिया गरेकी डा। उमा शङ्करले बीबीसी तेलुगुलाई भनिन्, ूआमा र बच्चाहरूको स्वास्थ्य अहिले ठिक छ। शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ।ू
ती वृद्धाले सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने कीर्तिमान बनाउन सक्ने ठानिएको छ।