बोलिभियाका बामपन्थी राष्ट्रपति मोरालेसद्वारा राजीनामा दिएर मेक्सिकोमा राजनीतिक शरण
बोलिभिया । बोलिभियामा १४ वर्ष सत्तामा रहेका एभो मोरालेस ल्याटिन अमेरिकाकै इतिहासमा सबैभन्दा बढी समय सत्तामा रहेका नेतामध्ये एक हुन्।
अघिल्लो महिना चुनावमा धाँधली भएका विवादमाझ उत्पन्न विरोध प्रदर्शनका कारण यसै हप्ता उनले राजीनामा दिए।
अमेरिकालाई टक्कर दिएर सत्तामा टिकेका यी शक्तिशाली नेताले मेक्सिकोमा राजनीतिक शरण लिन लागेका छन्।