भारतको लज्जा : ६८ जना छात्राहरूलाई भित्री बस्त्र फुकाल्न लगाएपछि

maitrinews

 

गुजरात । महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ।
पश्चिमी राज्य गुजरातस्थित एउटा छात्रावासमा बस्ने विद्यार्थीहरूले महिनावारी नभएको प्रमाणित गर्न आफूहरूलाई महिला शिक्षिकाहरूको अगाडि भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको बताएका छन्।

६८ जना छात्रालाई कक्षाकोठाबाट निकालेर शौचालय पुर्‍याइएको थियो र एकएक गरी भित्रीवस्त्र फुकाल्न लगाएर उनीहरूलाई महिनावारी भए वा नभएको प्रमाणित गर्न लगाइएको थियो।

यो भुज शहरमा अघिल्लो मङ्गलवार भएको घटना हो। श्री सहजानन्द गर्ल्स इन्स्टिट्युट ९एसएसजीआई० मा अध्ययनरत छात्राहरूलाई त्यस्तो गर्न लगाइएको हो। एसएसजीआई भारतको एउटा सम्पन्न र अनुदारवादी हिन्दू धार्मिक समूह स्वामीनारायणद्वारा सञ्चालित कलेज हो।

पीडित छात्राहरूका अनुसार महिनावारीसम्बन्धी नियमलाई कतिपय छात्राले उल्लङ्घन गरेको भन्दै कलेजका प्रिन्सिपलले सोमवार छात्रावासका एक कर्मचारीसँग गुनासो गरेका थिए।

कलेजका नियम अनुसार महिनावारी भएका महिलाहरूलाई मन्दिर तथा भान्सामा प्रवेश गर्न मनाही छ र त्यस बेला अरू विद्यार्थीलाई छुन उनीहरूलाई अनुमति छैन।

खाना खाने बेला महिनावारी भएका महिलाहरूले अरूभन्दा पर बस्नुपर्छ, आफ्नो थाल आफैँले माझ्नुपर्छ र कक्षाकोठाभित्र सबैभन्दा पछाडिको बेन्चमा बस्नुपर्ने हुन्छ।
आफूहरूलाई ूअपमानितू गरेका कलेजका अधिकारीहरूमाथि कारबाहीको माग गर्दै छात्राहरूको एउटा समूहले कलेजमा विरोध प्रदर्शन गरे
एक छात्राले बीबीसी गुजरातीका प्रशान्त गुप्तालाई बताए अनुसार छात्रावासले एउटा रजिस्टर राखेको छ र महिनावारी हुँदा छात्राहरूले त्यसमा नाम लेखाउनुपर्ने हुन्छ।

त्यसो गर्दा महिनावारी भएका छात्रालाई पहिचान गर्न छात्रावासलाई सहज हुन्छ।

तर विगत दुई महिनादेखि कुनै पनि छात्राले नाम लेखाएका छैनन्। शायद नाम लेखाएपछि महिनावारीसम्बन्धी कलेजका नियमलाई मान्नुपर्ने उनीहरूले ठानेको हुन सक्छ।

अतः अघिल्लो सोमवार छात्रावासका कर्मचारीले महिनावारी भएका विद्यार्थीहरू भान्सामा छिर्ने गरेको, मन्दिरनजिक जाने गरेको र अरू बासिन्दासँग घुलमिल भइरहेको भन्दै प्रिन्सिपलसमक्ष गुनासो गरे।

छात्राहरूका अनुसार त्यसको भोलिपल्ट आफूहरूलाई भित्रीवस्त्र फुकाल्न लगाउनुअघि छात्रावासका कर्मचारी र प्रिन्सिपलले दुर्व्यवहार गरे।

एउटा ूएकदमै पीडादायी अनुभवू भन्दै त्यसबाट आफूहरूलाई ूआघातू पुगेको र त्यो ूमानसिक यातना सरहू भएको छात्राहरूले बताएका छन्।

स्तब्ध भएर रुन थाले
एक छात्राका बुवाका अनुसार उनी कलेजमा पुग्दा उनकी छोरी र अन्य कैयौँ छात्राहरू नजिक आएर रुन थाले। ूउनीहरू स्तब्ध छन्,ूउनले भने।

आफूहरूलाई ूअपमानितू गरेका कलेजका अधिकारीहरूमाथि कारबाहीको माग गर्दै बिहीवार छात्राहरूको एउटा समूहले कलेजमा विरोध प्रदर्शन गरे।

कलेजका सञ्चालक प्रवीण पिन्डोरियाले घटनालाई दुर्भाग्यपूर्णू भनेका छन्।

त्यसबारे अनुसन्धान गर्न आदेश दिइसकेको भन्दै दोषी जोसुकैमाथि कारबाही गरिने उनले बताए।

तर उक्त कलेजले सम्बन्ध पाएको विश्वविद्यालयकी उपकुलपति दर्शना ढोलकिया छात्रालाई दोषी देख्छिन्।

छात्राहरूले कलेजका नियम उल्लङ्घन गरेको भन्दै केहीले माफी समेत मागिसकेको उनले बताइन्।

तर केही छात्राले बीबीसी गुजरातीलाई बताए अनुसार घटनालाई महत्त्व नदिन र आफ्नो भोगाइबारे नबोल्न कलेजका अधिकारीहरूको उनीहरूमाथि दबाव थियो।
गुजरातको महिला आयोगले त्यो ूलज्जास्पद अभ्यासू बारे छानबिन गर्न निर्देशन दियो र कुनै डरविना आफ्ना कुरा राख्न छात्राहरूलाई आग्रह गर्‍यो।

व्यापक विभेद
महिनावारीको विषयलाई लिएर छात्राहरू अपमानित हुनुपरेको यो पहिलो घटना होइन।

शौचालयको ढोकामा रगत देखेपछि तीन वर्षअघि उत्तरी भारतस्थित एउटा आवासीय विद्यालयकी एक महिला वार्डेनले ७० जना छात्रालाई वस्त्र फुकाल्न लगाएकी थिइन्।

महिनावारीको विषयलाई लिएर भारतमा महिलाहरूमाथि गरिने विभेद व्याप्त छ। महिनावारीका बेला त्यहाँ महिलाहरूलाई अपवित्र मानिन्छ।

महिनावारी हुँदा महिलाहरूलाई सामाजिक तथा धार्मिक गतिविधिबाट अलग राखिन्छ, मन्दिरसहित धार्मिक स्थलहरूमा प्रवेश गर्न दिइँदैन र भान्सामा छिर्न मनाही हुन्छ।

तर यो प्रवृत्तिलाई शहरी भेगमा शिक्षित महिलाहरूले चुनौती दिने क्रम बढ्दो छ।

महिनावारीलाई एउटा प्राकृतिक शारीरिक प्रक्रियाको रूपमा बुझाउन केही वर्षयता प्रयास भइरहेका छन्।

सन् २०१८ मा सर्वोच्च अदालतले केरलास्थित सबरीमाला मन्दिरमा सबै उमेर समूहका महिलालाई प्रवेश दिन आदेश दिएपछि त्यसको व्यापक विरोध भयो
तर सफलता खासै उल्लेखनीय छैन।

सन् २०१८ मा सर्वोच्च अदालतले एउटा महत्त्वपूर्ण निर्णय सुनाउँदै दक्षिणी राज्य केरलास्थित सबरीमाला मन्दिरमा सबै उमेर समूहका महिलालाई प्रवेश दिन आदेश दियो।

मन्दिरमा सबै उमेर समूहका महिला प्रवेश नदिनु विभेदकारी भएको सर्वोच्च अदालतले आफ्नो आदेशमा भन्यो।

तर आदेशविरुद्ध व्यापक स्तरमा विरोध प्रदर्शन भएपछि त्यसको एक वर्षपश्चात् न्यायाधीशहरू सो आदेशबारे समीक्षा गर्न तयार भए।

आश्चर्यको कुरा के देखियो भने विरोध प्रदर्शन गर्नेहरूमा ठूलो सङ्ख्यामा महिला पनि देखिए जुन महिनावारीलाई लिएर कुन हदसम्म कुरीति जकडिएको छ भन्ने कुराको सङ्केत पनि हो।