मलेसियाको नयाँ प्रधानमन्त्रीमा यसिन

 

मलेसिया । मलेसियाका नवनियुक्त प्रधानमन्त्री मुहयिद्दिन यसिनले पद तथा गोपनियताको सपथ लिएका छन्।
आइतबार बिहान मलाय नेसनालिस्ट पार्टीका नेता यसिनलाई मलेसियाको राजदरबारमा राजाले प्रधानमन्त्रीको सपथ खुवाएका हुन्।

मलेसियाको संविधानअनुसार राजाले २२२ सदस्यीय तल्लो सदनमा बहुमत कायम गर्न सक्ने नेतालाई प्रधानमन्त्रीको सपथ खुवाउन सक्छन्।

गत साता प्रधानमन्त्रीबाट राजीनामा दिएका ९४ वर्षीय नेता महाथिर मोहम्मदले यसिनले संसदमा बहुमत पुर्‍याउन नसक्ने बताएका छन्। संसदमा आफ्नो समूहको बहुमत रहेको महाथिरको दाबी छ।

तर दरबारले महाथिरको उक्त दाबीलाई पत्याएन र यसिनलाई प्रधानमन्त्री बनायो।