कोरोना भाइरसबाट १९७ देश प्रभावित, १८ हजारभन्दा बढीको मृत्यु

maitrinews

 

काठमाडौं । कोरोना भाइरसबाट विश्वका १९७ देशमा संक्रमण फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका १९७ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको बताएको हो ।
पछिल्लो तथ्याङ्क अनुसार झण्डै चार लाख मानिस कोरोना सङ्क्रमित भएका छन् । यसमध्ये कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० पुगेको छ । त्यस्तै एक लाख ३ हजार ३९५ जना उपचारपछि घर फर्केका छन् ।