चीनव्दारा वन्यजन्तुको व्यापारमाथि प्रतिबन्ध

maitrinews

 

चीन । चीनले वन्यजन्तुको मासुको व्यापारमाथि स्थायी रूपमा प्रतिबन्ध लगाए पनि त्यो त्यति धेरै प्रभावकारी नहुने संरक्षणविद्हरूले बताएका छन्। किनभने चीनले अझै पनि ‍औषधि, कपडा र गहनाका लागि प्रयोग हुने वन्यजन्तुका सामग्रीको व्यापारमाथि रोक लगाएको छैन।

यी छुटका कारण देखिएका प्रतिबन्धका छिद्रको अर्थ जङ्गली जनावरको मासुको किनबेच अझै पनि सम्भव भएको उनीहरू बताउँछन्।

मासुको किनबेचमाथि गत फेब्रुअरीमा प्रतिबन्ध लगाइएको थियो जब अहिले महामारीको रूप लिएको कोरोनाभाइरसको सङ्क्रमण वुहानको मासु बजारबाट सुरु भएको आशङ्का गरिएको थियो।

यी छुट दिइनुको अर्थ अझै पनि जनावरहरूका मासु कालोबजारी गरिन्छ भन्नेप्रति चिन्ताहरू व्यक्त भएका छन्।

प्रतिबन्ध लगाइए पनि परम्परागत चिनियाँ औषधिमा प्रयोग गर्न सकियोस् भनेर सालक र चितुवाजस्ता संरक्षित जनावरहरूको व्यापारमा भने अनुमति दिइएको छ।

ूथुप्रै वन्यजन्तुका उत्पादनहरूले दिने फाइदाबारे वैज्ञानिक पुष्टि भइनसकेको भए पनि मानिसहरूको विश्वास भने दह्रो छ,ू बर्डिङ बेइजिङका संस्थापक तथा चीनस्थित वन्यजन्तु संरक्षणका परामर्शदाता टेरी टाउनजेन्डले भने।

ूउदाहरणका लागि, मलाई थाहा छ एउटा एकदमै शिक्षित परिवारमा दुई सन्तान थिए। एउटामा प्रजननसम्बन्धी समस्या थियो र अर्को वन्यजन्तु संरक्षणमा काम गर्थ्यो।

ूप्रजननसम्बन्धी समस्या हुनेले समस्या समाधानको अन्तिम उपायस्वरूप सालकको खबटा प्रयोग गर्‍यो जबकि उसलाई राम्ररी थाहा थियो कि त्यसमा पर्याप्त वैज्ञानिक प्रमाण छैन ।

परम्परागत औषधिका लागि उच्च माग भएका कारणले सालक चीनमा लगभग लोप हुने अवस्थामा पुगिसक्यो र त्यो विश्वमा एकदमै तस्करी हुने जनावरमा पर्छ।