कोरोना भाइरसका कारण विश्वमा ९६ हजारको मृत्यु
अमेरिका । कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या ९६ हजार पुगेको छ ।
१६ लाख जनामा अहिले कोरोनाको संक्रमण देखिएकोमा ४९ हजार १४८ को अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको प्राप्त तथ्यांकमा उल्लेख छ । अहिलेसम्म ३ लाख ५६ हजार २८३ जना उपचार पछि स्वस्थ्य भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ।
अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १८ हजार २७९ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा १६ हजार ६९१, स्पेनमा १५ हजार ४४७ तथा फ्रान्समा १२ हजार २१० को मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।