कोरोनाबाट १ लाख ६५ हजारको मृत्यु

 

अमेरिका । कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार ५४ पुगेको छ । सोमबारसम्मको आकडामा मृत्यु हुनेको संख्या १ लाख ६५ हजार कटेको हो । १६ लाख ५० हजार ५४ जना कोरोना संक्रमणका विरामी उपचाररत छन् ।

सबैभन्दा धेरै अमेरिकामा ४१ हजारको कोरोनाका कारण ज्यान गइसकेको छ । इटलीमा २३ जहार ६६०, स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ७१८ तथा बेलायतमा १६ हजार ६० जनाको ज्यान गइसकेको छ ।
भारतमा मृत्यु हुनेको संख्या ५ सय कटेको छ । नेपालमा भने अहिलेसम्म कसैको पनि कोरोनाका कारण ज्यान गुमाउनु परेको छैन । विदेशमा भने अहिलेसम्म २८ जना नेपालीले ज्यान गुमाएको तथ्यांक छ । नेपालमा हालसम्म ३१ जनाका कोरोना संक्रमण देखिएको र ४ जना निको भएर घर फर्किसकेका छन् । अन्यको अवस्थापनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।