सुनचाँदीको मूल्यमा वृद्धि: सुन तोलामै १,९०० रुपैयाँले बढ्यो
काठमाडौँ, ३ साउन । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु १,९०० र चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु २,८४,००० तय गरिएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४,२४० निर्धारण गरिएको छ।
यसअघि गत शुक्रबार बजारमा छापावाल सुन प्रतितोला रु २,८२,१०० र चाँदी प्रतितोला रु ४,२०० मा खरिदबिक्री भएको थियो।