कोरोना भाइरसबाट विश्वभर २ लाख १० हजारको मृत्यु

maitrinews

 

अमेरिका । कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख १० हजार ४ सय १४ पुगेको छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या नौ लाख ८३ हजार भन्दा बढी पुगेको छ । त्यस्तै स्पेनमा दुई लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका आठ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् । निको हुनेमा सबैभन्दा बढी स्पेनमा एक लाख २० हजार मानिस निको भएर घर फर्किएका छन् । त्यस्तै जर्मनीमा एक लाख १४ हजार तथा अमेरिकामा पनि एक लाख १० हजार संक्रमित निको भएर घर फर्किएका छन् । भारतमा कोरोनाकै कारण ९ सयभन्दा बढिको ज्यान गएको छ । नेपालमा भने हालसम्म ५२ जनामा कोरोना देखिएको छ । त्यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् भने अन्यको अवस्था पनि सामान्य रहेको स्वास्थय मन्त्रालयले जनाएको छ ।