अमेरिकामा कोरोनाबाट ७४ हजारभन्दा बढीको मृत्यु

 

न्युयोर्क । अमेरिकामा कोरोना भाइरस संक्रमितको दर अझै घटेको छैन । २४ घण्टामा २५ हजार २५४ जना संक्रमित थपिएका छन् । त्यसैगरी २ हजार ५२४ जना मृतक थपिएका छन् ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या १२ लाख ६२ हजार ८८७ जना संक्रमित भएका छन् भने ७४ हजार ७९५ जनाको ज्यान गइसकेको छ । २ लाख १२ हजार ९६५ जनालाई मात्र निको भएको छ ।

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ३३ हजार ४९१ जना संक्रमित हुँदा २५ हजार ९५६ जनाको ज्यान गएको छ ।

दोस्रो स्थानको न्यूजर्सीमा १ लाख ३३ हजार ५९ जना संक्रमित हुँदा ८ हजार ५७२ जनाको ज्यान गएको छ ।