बेलायत, फ्रान्स र स्पेनमा लकडाउन खुकुलो पारिँदै

 

लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा सर्तसहितको योजना सार्वजनिक गरेका छन्।
उनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए।

कोरोनाभाइरस महामारी रोकथामका लागि ब्रिटेनले लकडाउन लगाएको थियो।

प्रधानमन्त्री जोनसनले पाँच तहको नयाँ ुकोभिड सतर्कता प्रणालीुले कति चाँडै लकडाउनका प्रतिबन्धहरूलाई अझ खुकुलो पार्न सकिन्छ भन्ने तय गर्ने बताए।
उनले जुन १ सम्म प्राथमिक तहका विद्यार्थीलाई विद्यालय फर्काउन सकिने आशा व्यक्त गरे।
त्यसैगरी फ्रान्स र स्पेनले पनि लकडाउन खुकुलो पार्ने बताएका छन् ।