कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज कोरोना खोप नेपाल आउँदै

 

काठमाडौं । नेपालले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्ने भएको छ।
कोभ्याक्स खोप सबै देशले बराबर रुपमा पाउनुपर्छ भन्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन, गाभी, युनिसेफलगायतका संस्था मिलेर बनेको एलाइन्स हो। कोभ्याक्स अन्तर्गत नेपालले २२ लाख ५६ डोज खोप पाउने डब्लुएचओले आफ्नो विरणमा उलल्लेख गरेको छ।

फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले खोप प्राप्त गर्ने डब्लुएचओको बताएको छ। नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोभ्याक्स अन्तर्गको खोप फागुनको दोस्रो हप्ता सम्म आइपुग्ने बताएको छ।

कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्राप्त गर्ने भएको हो ।

बिश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको अन्तरिम कोभ्याक्स डिस्ट्रिब्युसन फोरकास्ट चार्टकाअनुसार गरिब मुलुक भएकाले नेपालले त्यति संख्यामा खोप पाउने तालिका सार्वजनिक गरेको हो विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड र एस्ट्राजेनेका मिलेर उत्पादन गरेको कोभिशिल्ड खोप २ सय ४० मिलियन डोज किन्ने तयारी गरेको छ । जसमा तत्काल ९६ मिलियन खरिद गरी आकस्मिक प्रयोगका लागि विभिन्न देशमा बाँड्ने तयारी गरेको हो।

नेपालको औषधी व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । राष्ट्रसंघले उपलब्ध गराउने उक्त खोपको डोज नेपालको कूल जनसंख्याको ३।३ प्रतिशत जनतालाई पुग्ने बताइएको छ। नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ। १८ वर्षभन्दा माथिल्लो उमेरकाले मात्र यो खोप लगाउन पाउनेछन्।

यता गत माघ ९ गते भारतको सिरम कम्पनीको कोभिसिल्ड खोप नेपाललमा अनुदानस्वरुप ल्याइएको खोप हाल सरकारले कोरोनाविरुद्धको मोर्चाको अग्रपंक्तिमा रहनेलाई लगाइरहेको छ।

पहिलो चरणको खोप अभियान चलिरहेको बेला सरकारले दोस्रो चरणको खोप ल्याउने तयारी गरिरहेको भए पनि अब सरकार आफैले खोप खरिद गरेर भन्दा कोभ्याकसकै खोप आएपछि दोस्रो चरणको खोप अभियान सन्चालन गरिने मन्त्रालयका अधिकारीहरु बताउँछन्।

सरकारले कोभ्याक्सको खोप दोस्रो प्राथामितामा रहेका जेष्ठ नागरिक र विभिन्न प्रकारका दिर्घरोगिहरुलाई लगाउने योजना यस अघिनै गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *