काठमाडौंमा ६५ रुपैयाँमै पेटभर खाना खुवाउँदै हाम्रो टिम

 

काठमाडौं । सिंहदरबार पूर्वी गेटअगाडिको एक भवनमा ठूलो ब्यानर टाँसिएको छ। जहाँ लेखिएको छ,‘हाम्रो टिम नेपालद्वारा सञ्चालित हाम्रो खानाघर खाना रु। ६५ मात्र।’ भित्र छिर्दा कुर्सी र टेबलहरु चिटिच्याट्ट पारेर राखिएका छन्। हरेक वस्तु स्टयान्डर्ड र देखिन्छ। भित्तामा लेखिएको छ( ‘नो स्मोकिङ’।

ग्राहकहरु खानाको चर्चा गर्दै मज्जाले गफिरहेका देखिन्छन्। त्यही समयमा खाना खाइरहेका रिङमान श्रेष्ठले भने, ‘खाना मिठो छ। काम गरेर खानेहरुलाई यो सस्तो खाना एकदमै ठिक छ।’ यो खानाघर माघ १७ गतेदेखि सञ्चालनमा आएको हो।

यसरी सञ्चालनमा आयो ६५ रुपैयाँको खाना

अहिले सबै युवायुवती आधुनिकतामा लम्किँदै गएका छन्। ठूल(ठूला‚ महँगा होटल, रेष्टुरेन्ट खोज्ने गर्छन्। तर,गरिब तथा दिनदुःखीले कसरी र के खान्छनरु यही सोच ुहाम्रो टिमुले ल्यायो।

हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्त भन्छन्, ‘काठमाडौंको महँगीमा धेरै मजदुरहरु भोकै बस्न बाध्य छन्। गाउँबाट उच्च शिक्षा हासिल गर्न आउनुहुन्छ। थोरै पैसा कमाउनेहरु खल्तीमा ६०र६५ रुपैयाँ भएका गरिब दिनदुःखीहरु भोकै बस्न नपरोस् भनेर यो सञ्चालनमा ल्यायौँ।’

आधुनिकतासँगै नेपाली खानाहरु लोप हुँदै गएकाले यसको प्रवर्द्धन गर्नुपर्नेमा पनि उनी जोड दिन्छन्। ‘काठमाडौंका धेरै रेष्टुरेन्ट युरोपियन स्टाइलले खोलिएका छन्,’ उनले भने, ‘नेपाली खाना लोप हुँदै गएको छ। हाम्रा छोराछोरीहरु विदेशी खानातिर आकर्षित छन्। भोलि हाम्रो सभ्यता, संस्कार लोप नहोस् भन्नेमा पनि हामी छौँ।’

६५ रुपैयाँमै खाना ख्वाउन सम्भव छ तरु यस प्रश्नमा उनी जवाफ दिन्छन्,‘यसमा नाफा हुँदैन, हामीलाई थाहा छ। तर, यो सेवाका लागि गरेका हौँ। सबै स्वयंसेवकहरु मिलेर खोलेका हौँ। यो लामो समयसम्म चलाउने योजना बनाएका छौँ। ग्राहकसँग लिएको ६५ रुपैयाँले गरिबलाई यसैगरी खाना खुवाउँछौँ।’

उनका अनुसार हाम्रो टिमले किसानबाटै तरकारीहरु ल्याउने र चामल मिलबाट ल्याउने गरेका छन्। यो उनीहरुको अभियान नै हो। खानाघर बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुन्छ। घर भाडा मासिक एक लाख रुपैयाँ तिर्नुपर्छ।

अनामनगरमा मात्र नभई गौशला,बानेश्वर, कोटेश्वर क्षेत्रमा पनि यो अभियान चलाउनुपर्ने ग्राहकहरुले सुझाव दिएका छन्। यसमा पन्त भन्छन्, ‘उहाँहरुको सुझावलाई आत्मसात् गरेका छौँ। पहिले एउटामा सफल होऔँ। काठमाडौंका हरेक नागरिक खाना खान आउनुभयो भने हामी देशका हरेक ठाउँमा यसको शाखा खोलेर सामाजिक सेवा दिने छौँ।’

उनका अनुसार दैनिक ७०० देखि ८०० ग्राहकरु आउने गरेको सञ्चालकहरु बताउँछन्। उनले भने, ‘अहिलेसम्म ज्येष्ठ नागरिक, ठेलागाडा चलाउनेदेखि सबै वर्गका मान्छेहरु यहाँ आएका छन्।’

‘स्थानीय सरकारले निजी कम्पनीलाई जग्गा प्रयोग गर्न दिन्छ, हामीलाई कहाँ दिन्छरु’

राष्ट्रलाई भोकमुक्त,नांगोमुक्त राष्ट्र निर्माण गर्ने हरेक नागरिकलाई समान अधिकार हुनुपर्छ भन्ने हाम्रो टिम नेपालको अभियान छ। २०७१ सालदेखि सञ्चालित अभियान लकडाउनको बेला पनि काठमाडौंको खुला मञ्चमा निःशुल्क खाना अभियान चलाएको थियो।

तर, महानगरपालिकाले त्यहाँ खाना खुवाउन दिएन। यसमा उनी भन्छन्, ‘यो अभियान त सरकारले गर्नुपर्ने हो। तर, यहाँ व्यापारी र व्यक्ति हाबी भयो। व्यवस्था परिर्वत भए पनि कुनै नागरिकमा परिवर्तन भएन। यही अवस्था परिवर्तन गर्न हामी लागिपरेका हौँ। स्थानीय निकायले निजी कम्पनीहरुलाई सार्वजनिक जग्गा भाडामा दिन्छ। हामीलाई त कहाँ प्रयोग गर्न दिन्छ र१’

स्थानीय सरकारले सार्वजनिक जग्गा भाडामा दिएमा उचित भाडा तिरेर अन्य ठाउँमा पनि यो अभियान सञ्चालन गर्ने उनीहरुको योजना छ। ‘सरकारले सार्वजनिक जग्गा उपलब्ध गराए, झनै यो भन्दा सस्तोमा खाना ख्वाउने थियौँ‚’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *