म्यान्मार कू : प्रदर्शनकारीहरूलाई २० वर्षसम्म जेल सजाय हुनसक्ने

 

म्यान्मार । म्यान्मारमा कू विरुद्ध प्रदर्शन गरिरहेकाहरूले सशस्त्र बलहरूमाथि अवरोध खडा गरेमा उनीहरूले २० वर्ष सम्मको जेल सजाय भोग्नुपर्ने हुन सक्ने सेनाले चेतावनी दिएको छ।

सैन्य नेतृत्व प्रति ूघृणा वा अवहेलनाू फैलाएको पाएमा उनीहरूलाई लामो जेल सजायका साथै जरिवाना समेत गराइने सेनाले जनाएको छ।

म्यान्मारका विभिन्न सहरहरूमा हतियार सहितका गाडीहरू गुडिरहेका बेला कानुनमा भएका परिवर्तनको घोषणा गरिएको हो।

सेनाले गरेको उक्त कू विरुद्ध पछिल्ला दिनहरूमा विभिन्न सहरहरूमा हजारौँ सर्वसाधारणहरू प्रदर्शनमा उत्रिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *