अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : विदेशमन्त्री ब्लिङ्कन

 

अमेरिका । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएकोु बताउँदै महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको बताएका छन्।

आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्ताको रूपमा बीबीसीसँग कुरा गर्दै ब्लिङ्कनले कोभिड १९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिए।
उनले कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेका छन्।
यसलाई डोनल्ड ट्रम्पको ुअमेरिका पहिलोु नीतिमा व्यापक हेरफेर हुने सङ्केतका रूपमा हेरिएको छ। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *