पत्रकार जमाल खसोग्जी हत्या योजनालाई साउदी युवराजको स्वीकृति भएको अमेरिकी रिपोर्ट

 

अमेरिका । अमेरिकी गुप्तचर निकायको रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको सन् २०१८ मा भएको हत्याको स्वीकृति दिएको पाएको छ।
बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा युवराजले खसोग्जीलाई ूपक्राउ गर्न अथवा हत्या गर्नेू योजनालाई स्वीकृति दिएका थिए।
अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन।
साउदी अरेबियाले उक्त रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई ूनकारात्मक, झुटो र अस्वीकार्यू बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *