प्रधानमन्त्री ओलीसँग एक सयभन्दा बढी सांसद छन् : मुख्य सचेतक भट्टराई

maitrinews

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको बताउनुभएको छ ।

संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा रहेको भट्टराईको भनाई छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाईएको छ, तर म दाबाका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं ।’ उहाँले भन्नुभयो, ‘संख्या ठ्याक्कै अहिले भन्दिन सयभन्दा बढी नेकपाकै सांसदहरु प्रधानमनत्रीको पक्षमा हुनुहुन्छ ’

संसदको अधिवशेन ९फागुन २३० गते अघि नै आफूहरुको संसदीय दलको बैठक बस्ने उहँले बताउनुभयो । उक्त बैठकमा सहभागी हुनको लागि दाहाल–नेपाललाई पनि उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने उहाँले बताउनुभयो तर, पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने पनि उहाँले स्पष्ट पार्नुभयो ।