मङ्गल ग्रहमा पर्सिभिअरन्स् पहिलो पटक गुड्यो

 

अमेरिका । अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स्‌को यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको छ।
पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले सो रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको छ।
एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई साता पूरा भइसकेको छ।

यो दुई सातामा वैज्ञानिकहरूले सो यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन्।

पर्सिभिअरन्स्‌ले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्नेछ।

त्यो खोजका लागि यसले दुई वर्षमा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ।

वैज्ञानिकहरूले कुनै बेला ठूलो ताल रहेको ठानिएको क्षेत्रमा प्रागऐतिहासिक जीवनको अवशेषको खोजीमा विभिन्न चट्टानको अध्ययन गर्ने प्रयास गर्नेछन्।
तर चट्टानहरू खोतलेर हेर्नु अगाडि पर्सिभिअरन्स्‌ले विभिन्न परीक्षणहरू गर्नेछ।
यस क्रममा त्यसले एउटा सानो हेलिकप्टरको उडान पनि गराउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *