तान्जानियाका राष्ट्रपति मागुफुलीको निधन, १४ दिन शोक मनाइने

maitrinews

 

तान्जानिया । तान्जानियाका राष्ट्रपति जोन मागुफुलीको ६१ वर्षको उमेरमै निधन भएको छ । राष्ट्रपति जोनको मुटु सम्बन्धी समस्याका कारण अस्पतालमा निधन भएको उपराष्ट्रपति सामिया सुलुहु हसनले बताउनुभयो ।

उहाँ दुई हप्ता भन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिनुभएको थिएन । ।
उपराष्ट्रपति हसनले राष्ट्रपति जोनको निधनमा १४ दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । तान्जानियाको संविधान अनुसार हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिनुहुनेछ।