ब्राजिलमा एकै दिन ९० हजार कोरोना संक्रमित थपिए

 

रियो द जेनेरियो । ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । ब्राजिलमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएको छ ।
ब्राजिलका स्वास्थ्यसम्बन्धी सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ९० हजार ३०३ जना संक्रमित भएका बताइएको छ ।

ब्राजिलमा अहिलेसम्म कुल एक करोड १६ लाख ९३ हजार ५५८ जना संक्रमित भएका छन् भने दुई लाख ८० हजार जनाभन्दा बढीको मृत्यु भइसकेको पनि बताइएको छ ।