माओवादी केन्द्र नेकपा खारेज गर्ने फैसलाविरुद्ध पुनरवलोकनमा जाने, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने

maitrinews

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि निवेदन दिने भएको छ । केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने भएको छ ।

यस विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गर्नुभएको छ । पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले सहितका कानुन व्यवसायीले फैसला पुनरावलोकनमा जान सुझाव दिएका छन् ।
नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।