एमाले र जसपाबीच सत्ता सहकार्यका लागि छलफल

maitrinews

 

काठमाडौं । सत्तारुढ नेकपा एमाले र प्रधानमन्त्रीसँग छलफल गर्न जनता समाजवादी पार्टी जसपाबीच सहाकार्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज जसपाका नेताहरुसँग छलफल गर्नुभएको हो ।
अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोका साथै शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सरकारसँग वार्ता गर्न भन्दै बालुवाटार पुग्नुभएको थियो । जसपाले राखेका मागका बारेमा छलफल भएको बालुबाटार स्रोतले बताएको छ । सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल पनि बनेको छ ।