कसरी लाग्यो रोहिंग्या शिविरमा भीषण आगलागी ?

 

ढाका । बंगलादेशको कक्स बजार क्षेत्रमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ। सोमाबार साँझ भएको आगलागीले एक हजारभन्दा धेरै घर नष्ट भएको अधिकारीहरुले बताएका छन्।

शिविरमा अधिकांश घर काठ र बाँसले बनाइएकाले आगो तीव्र गतिमा फैलिएको थियो। अग्नि नियन्त्रक र स्वयंसेवकलाई आगो नियन्त्रणमा लिन घण्टौं संघर्ष गर्नुपरेको थियो। आगलागीमा परी केही मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरिए पनि अहिलेसम्म पुष्टि नभएको बीबीसीले जनाएको छ।

कक्स बजार शरणार्थी शिविरमा झण्डै ११ लाख रोहिंग्या शरणार्थी बसोबास गर्छन्। तीन वर्षअघि म्यानमार हिंसाका कारण लाखौं रोहिंग्या मुसलमान ज्यान जोगाउनका लागि बंगलादेशमा शरण लिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *