इजरायलमा चुनाव, चुनाव जित्ने नेतान्याहुको दाबी
तेलअभिभ । प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले दुई वर्षमा भएको चौथो निर्वाचनमा ूठूलो जितको दाबी गर्नुभएको छ। यद्यपि मत खसालेर बाहिर निस्किएका मतदातामाझ गरिएको सर्वेक्षणले भने संसद्मा बहुमत ल्याउन उहाँ विफल हुनसक्ने देखाएको छ।
उहाँको लिकुड पार्टी र त्यसका साझेदारहरूले १२० सिटमध्ये ५३ वा ५४ ल्याउने प्रक्षेपण गरिएको छ।
यसको अर्थ नेतान्याहुका पहिलाका वफादार नेता नफताली बेनेटको राष्ट्रवादी यामिना पार्टी सत्तामा कसलाई ल्याउने भन्नेमा ुनिर्णायक हुनसक्छ।
उक्त पार्टीले सात वा आठ सीट जित्ने अनुमान गरिएको छ तर उसले कुन पक्षलाई समर्थन गर्छ भन्ने घोषणा गरिसकेको छैन।