भारतले लगायो आस्ट्राजेनेका खोपको निर्यातमा रोक
नयाँदिल्ली । कोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेकारअक्सफर्ड खोपको २० लाख मात्रा भारतबाट ब्राजिल पुगिसकेको छ
देशको सबैभन्दा ठूलो खोप निर्माताले ब्राजिल र यूकेमा खोप पठाउने काममा ढिलाइ गरिसकेको छ
भारतले अक्सफर्ड आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको विदेशमन्त्रालय स्रोतले बताएको छ।
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका हुन्।
भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ।
यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना छ।
विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको यो योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ।
भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया एसआइआइले थुप्रै देशमा आस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ। हालैका दिनमा त्यसको मारमा यूके र ब्राजिल परेका छन् ।
भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड(आस्ट्राजेनेकाकै खोप परेको छ।