इतिहासकै ठूलो काम भएको छ(प्रत्यक्ष प्रसारण)

maitrinews

 

 

काठमाडौं । सत्तारुढ नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सरकारबाट इतिहासमै नभएको काम भएको बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै चौधरीले सरकारलाई सलाम गर्नुपर्ने बताउनुभएको हो ।

विद्रोही शक्तिलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा सरकारले प्रवेश गराएको सन्दर्भ उठाउँदै चौधरीले सरकारबाट इतिहासकै ठूलो काम भएको बताउनुभएको हो । ‘सरकारले गरेका काम हामीले देख्नै छाड्यौँ । हामीले राम्रा कामको बारेमा त बोल्नै पर्‍यो नि’, उहाँले भन्नुभयो ।

चौधरीले मेलम्चीको पानी काठमाडौँ झरेको, सुरुङ मार्ग को निमार्ण, कोरोनाको खोप यति छिटो ल्याएर लगाउन शुरू गरिसकेको र विद्रोही समूहलाई शान्तिप्रक्रियामा ल्याएको भन्दै राम्रा कामका बारेमा सबैले आवाज उठाउनुपर्ने बताउनुभयो ।

बैठकले पूर्वमन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद लक्ष्मी देवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्दै छ ।
कांग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ गते निधन भएको थियो ।
त्यसअघि बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।