अग्रज पत्रकार राजेन्द्र स्थापितलाई उच्च सम्मान सहित पुरस्कार

मध्यपुर थिमि । नेपाली पत्रकारितामा चार दशकदेखि निरन्तर युगिन पत्रकारिता गर्दैआएका कर्मशील युगिन अग्रज पत्रकार राजेन्द्र स्थापितलाई उच्च सम्मान सहित पुरस्कृत गरिएको छ। नेवाःपत्रकार राष्ट्रिय दबूको आठौं बार्षिक साधारण सभामा युगिन पत्रकार राजेन्द्र स्थापित पुरस्कृत वनेका हुन।

पुरस्कृत युगिन पत्रकार स्थापितलाई नगद २० हजार सहितको ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरिएको छ। मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठ तथा बागमती प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यले जनआस्था साप्ताहिकका प्रवन्ध सम्पादक समेत रहेका युगिन पत्रकार स्थापितलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको हो।

पत्रकार स्थापितका साथमा कृष्ण किसी, रेखा शाक्य र बोधि टेलिभिजनलाई पनि पुरस्कृत गरिएको थियो। साथमा नेपाल र चीनको दुवै मोहडावाट विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने पर्यटन पत्रकार कल्पना महर्जनलाई विशेष सम्मान प्रदान गरिएको थियो।

त्यस्तै नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सदस्यमा मनोनित भएका नमस्ते ख्वप टेलिभिजनका संस्थापक ऋषिकेश श्रेष्ठलाई बधाईसहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *