विश्व वरियतामा नेपाल १६औँ स्थानमा उक्लियो

काठमाडौं, २२ असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ।

आईसीसीको पुरुष एकदिवसीय वरियताअनुसार नेपालले ३३ खेलबाट ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ।

नेपालभन्दा माथि अमेरिका १५औँ स्थानमा छ भने नामिबिया १७औँ स्थानमा रहेको छ।

एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा भारत कायमै छ। न्यूजिल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अष्ट्रेलिया चौथो तथा पाकिस्तान पाँचौँ स्थानमा छन्।

नेपालले पछिल्लो समय एकदिवसीय क्रिकेटमा सुधारिएको प्रदर्शन गर्दै आएको छ। नयाँ वरियतामा एक स्थान माथि उक्लिनु नेपाली क्रिकेटका लागि सकारात्मक संकेतका रूपमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *