विद्या भण्डारीको सपथसँगै एमालेको पहिलो स्थायी कमिटि बैठक सुरु
काठमाडौं, २२ असोज । नेकपा (एमाले) स्थायी कमिटीको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। केही हप्ता अघि सम्पन्न केन्द्रीय कमिटि बैठकबाट विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेसँगै उहाँको समेत उपस्थितिमा एमालेको स्थायी कमिटी बैठक सुरु भएको हो ।
केपी शर्मा ओली पछिल्लो महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि स्थायी कमिटि नै गठन नभएका कारण बैठक बसेको थिएन । आज भण्डारीले शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका एजेन्डामाथि स्थायी कमिटी बैठकमा छलफल गरी आवश्यक निर्णय गर्ने कार्यशुची रहेको पनि आचार्यले जानकारी दिनुभयो ।
