कांग्रेसको निर्णय आत्मघाती : कमल थापा
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयलाई राप्रपाका अध्यक्ष कमल थापाले आत्मघाती भन्दै आलोचना गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत थापाले वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव नै भएको बताउनुभएको छ ।
कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार बनाउन पहलकदमी थाल्ने निर्णय गरेको थियो।
‘वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो,’ थापाले ट्वीटरमा लेख्नुभएको छ, ‘कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसँथ अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कांग्रेसको पछिल्लो चाहनारनिर्णय आत्मघाती हुनेछ।’